कोशी


सप्तकोसीको बाढीले सतर्कता तह नाघ्यो, बेलुकासम्मै सतर्क रहन सुझाव

सप्तकोसीको बाढीले सतर्कता तह नाघ्यो, बेलुकासम्मै सतर्क रहन सुझाव

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार ५:५१, काठमाडौँ

सुनसरीको चतरामा सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

आज आइतबार बिहान ५ बजे सूचना जारी गरी मौसम विभागले वर्षा जारी रहेकाले बाढी र डुबानबाट बच्न त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।  

सूचनामा भनिएको छ, ‘सप्तकोसी चतरामा बहाब सतर्कता तह पार गरेको। भारी वर्षा भइरहेको र आज बेलुकासम्मै निरन्तर रहने हुनाले कोसी नदीमा बाढी बढिरहेको, बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad