मोरङको रानी नाकाबाट स्रोत नखुलेको नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सोमबार दिउँसो चेकजाँचका क्रममा विराटनगर महानगरपालिका- १८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरेको हो।
साह सवार मोटरसाइकल को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लुकाएको अबस्थामा करिब १४ लाख रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
स्रोत खुलाउन नसकेपछि साहलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। बरामद रकम र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले उक्राउ परेका साहलाई हुण्डी कारोबारीको आशंका गरेको छ। हुण्डी कारोबारको अनुसन्धान थालिने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
Shares

प्रतिक्रिया