कोशी


स्थानीयले श्रमदान गरेर पुनःस्थापित पकली चौकीमा फर्काए प्रहरी, गरे स्वागत

स्थानीयले श्रमदान गरेर पुनःस्थापित पकली चौकीमा फर्काए प्रहरी, गरे स्वागत

नेपालखबर
असोज ५, २०८२ आइतबार २०:१७, सुनसरी

आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेको सुनसरीस्थित इलाका प्रहरी कार्यालय पकली स्थानीयवासीको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण गरी पुनः सञ्चालनमा आएको छ।

ठूलो संख्यामा भेला भएका स्थानीयले प्रहरीलाई फूलमाला र अबिर लगाइ स्वागत गर्दै चौकी पुनःस्थापना गरेका हुन्।

गत भदौ २३ र २४ गते भएको आन्दोलन हिंसात्मक बनेपछि प्रदर्शनकारीले विभिन्न प्रहरी युनिटमा आक्रमण गर्दै आगजनी गरेका थिए। त्यस क्रममा पकली प्रहरी चौकीसहित सुनसरीका तीन प्रादेशिक कार्यालय, दुई दर्जनभन्दा बढी सरकारी कार्यालय र थुप्रै घरमा समेत क्षति पुगेको थियो।

प्रहरीले जनाएको अनुसार आन्दोलनका क्रममा ७३ प्रहरी कार्यालय विस्थापित भएका थिए। जस मध्ये १० वटा कार्यालयमा आगजनी गरी ठूलो क्षति पुर्‍याइएको छ।

प्रहरी चौकी अभावमा पछिल्ला दुई हप्तादेखि असुरक्षित महसुस गर्दै आएका स्थानीयले चौकी पुनर्निर्माणलाई प्राथमिकता दिएका थिए। स्थानीयवासीले प्रहरी नभएको कारण शान्ति–सुव्यवस्था जोखिममा परेकोले अब आइन्दा चौकी तोडफोड वा आगजनी गर्ने प्रयास भए प्रतिकार गर्ने बताएका छन्। 

स्थानीयको सक्रियतामा एक साताभित्रै पुनर्निर्माण पूरा भएको पकली प्रहरी चौकी अब नियमित रूपमा सेवा दिन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad