सप्तकोसी नदीमा जलसतह बढ्दै गएपछि कोसी ब्यारेजका २७ ढोका खोलिएका छन्।
आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
कोसी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोसी ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो।रासस
39
Shares

प्रतिक्रिया