कोशी


पाथीभरा संरचनामा तोडफोड र आगजनी

पाथीभरा संरचनामा तोडफोड र आगजनी

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार ११:११, विराटनगर

पाथीभरा क्षेत्रमा जेनजीकाे नाममा उच्छृंखल व्यक्तिहरूले तोडफोड र आगजनी गरेका छन्।

पवित्र तीर्थस्थलका संरचनामा आक्रमण गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका अनुसार जेनजी आन्दोलन सकिएको अर्को दिन २५ गते राति तोडफोड तथा आगजनी भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले पाथीभरा क्षेत्रमा तिर्थालुका लागि निर्माण भएको हेल्थ डेस्क, हेल्प डेस्क  र रेस्क्यु हाउसमा आगो लगाइएको बताए। 

यो संरचना करिब २ वर्ष पहिला बनेका हुन्।

उनका अनुसार पर्यटन विभागको सहयोगमा करिब साढे ३ करोडको लागतमा निर्माण गरिएको थियो। 

यो संरचनामा आगो लगाउनेहरू पाथीभरा केबलकारका विरोधी तथा अराजक मानिस भएको थेबेको दाबी छ। 

प्रसिद्ध तीर्थस्थल  ताप्लेजुङ ३७९४ मिटरमा उचाइमा छ।

उनले भने, ‘भौतिक संरचना हाम्रो सम्पत्ति हो, त्यसैले यस्ता गतिविधि गर्ने अराजकहरू जो कोहीलाई तत्काल कानुनी कारबाही गर्न जिल्ला प्रहरी र सम्बन्धित निकायलाई  ध्यानाकर्षण गराउँछु।’

प्रहरीले नागरिक सहायता कक्ष र अन्य दुईवटा संरचनामा तोडफोड र आगजनी भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख  वेदप्रसाद गौतमले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad