कोशी


विराटनगर विमानस्थलमा देउवा: संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ, अहिले सम्भव छैन

विराटनगर विमानस्थलमा देउवा: संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ, अहिले सम्भव छैन

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८२ शनिबार १२:१८, विराटनगर

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाल संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने सम्भावना नरहेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले दलहरूकाे बिचमा छलफल नै नभएको कारण तत्काल संविधान संशाेधन हुन नसकिने बताए। 

उनले भने, `संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिन्छ, तर अहिले दलहरूमाझ सहमति हुने अवस्था छैन। सहमति बिना संशोधन सम्भव हुँदैन।´

पूर्व राष्ट्रपति तथा उपराष्ट्रपति सक्रिय राजनीतिमा सक्रिय रहेकाे  बारेमा संविधान सक्रिय नहुनु भन्ने कुनै व्यवस्था नभएको बताए ।

प्रधानमन्त्रीले सामाजिक संचारमाध्यम बन्द गर्न थालेको  कुरा आएको भन्ने पत्रकारको प्रश्नमा देउवाले त्यस्तो नभएको स्पष्ट पारे। उनले भने, `सञ्चारमाध्यम बन्द गर्ने कुरा होइन, दर्ता गर्ने विषय मात्रै हो भन्ने अदालतले पनि भनेको छ।´

सरकार पुनर्गठनबारे सोध्दा उनले आफूलाई ठ्याक्कै जानकारी नभएको जनाए। तर, हालको सरकार कार्यकाल पूरा गरेर २०८५ सालसम्म जाने विश्वास उनले व्यक्त गरे।

आगामी कांग्रेस महाधिवेशनबारे देउवाले मिति तोक्ने प्रक्रियामा पार्टी जाने जानकारी दिए। नेतृत्व उत्तराधिकारीबारे सोध्दा भने उनले खुलाउन चाहेनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad