कोशी


कोसीमा पत्रकार महासंघको माग सम्बोधन गर्न माओवादीको माग

कोसीमा पत्रकार महासंघको माग सम्बोधन गर्न माओवादीको माग

नेपालखबर
भदौ १५, २०८२ आइतबार १९:२०, विराटनगर

नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारद्वारा प्रस्तुत आमसञ्चार विधेयकप्रति पत्रकार महासंघसहित सञ्चार संस्थाका मागमा ऐक्यबद्धता जनाएको छ।
 
कोसी प्रदेशसभा बैठकमा आइतबार बोल्दै सांसद दुर्गाप्रसाद् चापागाईंले पत्रकार र सञ्चारसम्वद्ध सस्थाका आवज सुन्न र उनीहरुका माग सम्बोधन गर्न माग गरे। 

कोसीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा प्रस्तुत गरेको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै पत्रकार महासंघ आन्दोलनमा छ।

‘प्रदेश आमसञ्चार विधेयक विचाराधीन अवस्थामा छ, प्रदेश भरिका सञ्चारकर्मी/पत्रकार यसका विरुद्धको संघर्षमा छन्’, चापागाईंले भने, ‘म सरकारलाई पत्रकार महासंघ र सञ्चारकर्मीका आवाज सुन्न र माग सम्बोधन गर्न आग्रह गर्दछु।’ 

उनले आमसञ्चार विधेयकमा विवाद जारी रहेको र सरकारी कामकाजको भाषासम्बन्धी विधेयक अलपत्र अलपत्र छाडेर प्रदेशसभाको जारी सातौं अधिवेशन अन्त्य गर्न उद्धत रहेको बताए। 

सत्तारुढ कांग्रेस र एमाले संघमा मात्र नभई प्रदेशमा पनि सरकार सञ्चालनमा असफल साबित भइसकेको दाबी उनले गरे। चपागाईंले प्रतिपक्षी दलका हैसियतमा राम्रो कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै संसद् छलेर नभाग्न चुनौती दिए।

‘संसद् छल्न होइन, नयाँ-नयाँ बिजनेस क्रेट गर्नमा लाग्नुहोस् तपाईंहरुलाई रचनात्मक सहयोग गर्न प्रतिपक्षी दलहरु तयार छौं,’ उनले भने, ‘अन्यथा तपाईंहरुको असमक्षता र असफलताको भागिदार बन्न तयार छैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad