कोशी


झापामा अलकत्रा ट्याङ्करमा आगलागी, एकजना घाइते

झापामा अलकत्रा ट्याङ्करमा आगलागी, एकजना घाइते

झापामा अलकत्रा ट्याङ्करमा आगलागी हुँदा एकजना घाइते भएका छन्।


नेपालखबर
भदौ १०, २०८२ मंगलबार ७:२८, विराटनगर

झापाको मेचिनगर नगरपालिका–९, दुर्गा मन्दिरनजिक साेमबार बेलुकी अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा एक जना घाइते भएका छन्।

कञ्चन निर्माण सेवाले सडक पिच गर्ने क्रममा प्रयोग भइरहेको मे १ ख ३१३७ नम्बरको अलकत्रा ट्याङ्करमा अत्यधिक तापका कारण आगलागी भएको हो।

घटनामा सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-६ निवासी करिब ३१ वर्षीय कामदार उमेश कुमार राय घाइते भएका हुन्। 

अनुहार, दुवै हात र खुट्टामा जलेका उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

आगो लागेपछि स्थानीय प्रहरी, बासिन्दा र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा राति साढे ९ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अलकत्रा ट्याङ्कर पूर्ण रूपमा जले पनि चालक सिन्धुली, सुनकोसी गाउँपालिका-७ निवासी ४२ वर्षीय गणेश दाहाल सकुशल रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad