कोशी


मोरङमा ग्यास सिलिन्डर पड्किँदा आगलागी

मोरङमा ग्यास सिलिन्डर पड्किँदा आगलागी

आगलागी भएको स्थान।


नेपालखबर
भदौ ९, २०८२ सोमबार ८:२६, विराटनगर

मोरङमा आज (सोमबार) बिहान सिलिन्डर ग्यास पड्किएर आगलागी हुँदा तीनवटा पसल जलेका छन्। 

जिल्लाको रतुवामाई नगरपालिका वडा नम्बर ६ स्थित सौँठा चोकमा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको हो। 

प्रहरीका अनुसार, स्थानीय देउमान लिम्बुको जग्गामा बनेको घरमा टीका खनालले सञ्चालन गरेको चियाखाजा पसलमा बिहान ६ बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको हो।

सोही घरमा रहेको सूर्यमान श्रेष्ठको किराना तथा चस्मा पसल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) कोपिला चुडालले जानकारी दिइन्।

नजिकै रहेको प्रहरी चौकीको टोली र स्थानीयको सहयोगमा आगलागी बिहान ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा मानिसलाई केही भएको छैन।

घरभित्र रहेका सामान र पसलका सामान भने जलेर क्षति भएको डीएसपी चुडालले जानकारी दिइन्।

क्षतिको मूल्यांकन हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad