धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित लेगुवा–खाँदबारी सडकखण्डमा निर्माण सामग्री लिएर जाँदै गरेको लोबेट ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
शुक्रबार दिउँसो करीब २ः५० बजे विराटनगरबाट संखुवासभा तर्फ जाँदै गरेको प्रदेश–१–०२–००१ ख ९८११ नम्बरको लोबेट ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा धनकुटा साँगुरीगढी गाउँपालिका–५ का ३६ वर्षीय चालक शम्भु परियार ट्रकले थिचिएका थिए।
दुर्घटनापछि प्रहरी चौकी लेगुवाबाट प्रहरी नायब निरीक्षक द्रोणा कुमार खत्रीको नेतृत्वमा गएको टोलीले उद्धार गरी उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा धनकुटा महालक्ष्मी नगरपालिका–१ का २३ वर्षीय सहचालक बिशाल राई खुट्टामा सामान्य चोट लागेर स्थानीय मेडिकलमा उपचाररत छन्।
Shares

प्रतिक्रिया