कोशी


विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राः करिब पाँच लाख भक्तजन सहभागी हुँदै

विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राः करिब पाँच लाख भक्तजन सहभागी हुँदै

नेपालखबर
भदौ १, २०८२ आइतबार १६:४३, विराटनगर

विराटनगरमा आज दिउँसो भव्य श्रीराधाकृष्ण रथयात्रा निकालिँदैछ। तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट आज साँझ ४ बजेपछि नगर परिक्रमा सुरु हुने रथयात्रा परम्पराअनुसार प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुँदै आएको हो।

भक्तजनलाई दर्शन गर्न सहज होस् भनेर यस वर्ष पनि विभिन्न स्थानमा विश्रामस्थल तोकिएको छ।

विराटनगर–१ पानीटंकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट ९४ वर्षअघि खटयात्रा सुरु भएको यो पछि विस्तार भई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो।

यस वर्ष जीर्ण भइसकेको पुरानो रथ विस्थापित गर्दै १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ निर्माण गरिएको छ ।त्यहि रथ आज निकालिँदैछ।

रथ विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गर्नेछ। नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ।

रथयात्रामा हुने भीडलाई लक्षित गर्दै मोरङ प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार शसस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान र सादा पोशाकसहित गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी खटाइनेछन्।

भीडभाडमा चोरी वा आपराधिक गतिविधि हुन सक्ने भएकाले यात्रामा सहभागी भक्तजनलाई अमूल्य गरगहना नलगाई आउन आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad