कोशी


झापामा रुखमा बाँधिएको अवस्थामा वृद्ध मृत भेटिए, छोरासहित ४ जना पक्राउ

झापामा रुखमा बाँधिएको अवस्थामा वृद्ध मृत भेटिए, छोरासहित ४ जना पक्राउ

नेपालखबर
साउन २१, २०८२ बुधबार १३:३२, विराटनगर

झापाको झापा गाउँपालिका-१ लसुनामा वृद्धको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले उनकै छोरासहित चारजनालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार स्थानीय ६० वर्षका जतन सोरेन आज (साउन २१ गते) बिहान ४ बजे घरनजिकै आँपको रुखमा बाँधिएको अवस्थामा मृत फेला परेका हुन्। 

गएराति १०:३० बजे मादक पदार्थ पिएर काम्दै छिमेकी महादेव टुडुको घरछेउको गल्लीमा गएका उनलाई टुडुलगायत स्थानीय व्यक्तिहरूले घरनजिकै रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए। हरेक दिन मदिरा पिएर दु:ख दिएको भन्दै उनलाई डोरीले बाँध्न छाेरा पनि संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जतन मृत फेला परेपछि इलाका प्रहरी कार्यालय (कुमरखोद) बाट खटिएको टोलीले छोरा २७ वर्षीय अनतलाल सोरेनसहित ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको हो। 

घटनामा संलग्न अन्य व्यक्ति पनि रहेको र उनीहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।

झापा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ। आँपकाे बाेटमा बाँधेर वृद्ध हत्या गरेकाे आशंकामा प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चन्द्रगढी ल्याएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad