बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा चारपांग्रेबाहेक दुईपांग्रे ब्रान्डहरुको पनि उस्तै सहभागिता छ।
त्यसैमध्येको एक टीभीएसले पनि आफ्ना उत्पादन मोडलहरु सार्वजनिक गरेको छ।
कम्पनीले नेपाली बजारमा प्रिमियम कन्सेप्ट बाइकहरु सार्वजनिक गरेको हो।
तिनमा प्रिमियम कन्सेप्ट मोटरसाइकलहरु, आइस इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरुको नयाँ सिरिजहरु समावेश छन्।

टीभीएसले स्टल एल३ए (हलबी) मा प्रस्तुत गरिने नयाँ मोडलहरुमा रोनिन, स्पोर्टी एनटर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आइक्युब र जुपिटरलगायत पनि छन्।
कम्पनीले ब्रान्डको इनोभेसन झल्काउने कस्टम बाइक तथा फ्युचरिस्टिक कनसेप्ट बाइकहरु पनि पहिलोपटक सार्वजनिक गरेको छ।
टीभीएसले दैनिक लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौका, रजिस्ट्रेसन गर्ने हरेक दिनका सहभागीलाई टीभीएस प्रिमियम हेल्मेट र प्रडक्टहरुमा वारेन्टी सुविधाहरु दिएको छ।

बुधबार कम्पनीले टीभीएस रोनिन सार्वजनिक गरेको छ। सिंगल सिलिन्डरको यो बाइकमा ४ स्ट्रोक, ४ भल्भ छन्। २२५.९ सीसीको यो बाइक आयल क्ुल्ड हो। यसको अधिकतम पावर ७७५० आरपीएममा १५.०१ केडब्लु (२०.४ पीएस) छ। यसको अधिकतम टर्क ३७५० आरपीएममा १९.९३ एनएम छ। हेडल्याम्प, ब्रेक टेल ल्याम्प, टर्न सिग्नल ल्याम्प सबै एलईडी छन्। डिजिटल फ्युल गज भएको यो बाइकको स्पिडोमिटर पनि पूर्ण डिजिटल नै छ।
५ गियरको यो बाइक एफआई फ्युल सिस्टममा आधारित छ। यसको क्लच असिस्ट र स्लिपर छ। अगाडि र पछाडिका टायरहरु क्रमशः ११०÷७० र १३०÷७० ट्युबलेस छन्। ९ स्पोक अलोय ह्विल्स, ३०० एमएम र २४० एमएम अगाडि पछाडि डिस्क ब्रेक यो बाइकमा दिइएको छ। साथै डुअल च्यानल एबीएस ब्रेकिङ प्रणाली यो बाइकमा छ।
तस्बिरहरू (सरोज नेपाल)













Shares

प्रतिक्रिया