कोशी


पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनाः २१ जना घाइते, ६ बालबालिका गम्भीर

पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनाः २१ जना घाइते, ६ बालबालिका गम्भीर

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १७:०, विराटनगर

झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीको भित्री सडकखण्डमा शुक्रवार बिहान भएको भ्यान दुर्घटनामा २१ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलका विद्यार्थी बोकेको मे १ ज ३१०७ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना परेका अधिकांश घाइते बालबालिका रहेका छन्।

दुर्घटना मागुरमाडीबाट विद्यालयतर्फ जाँदै गरेको बेला भएको प्रहरीले जनाएको छ। भ्यान आफैं अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ।

दुर्घटनामा परेर झापा मेचीनगर–९ का ४५ वर्षीय चालक गणेश श्रेष्ठसहित २१ जना घाइते भएका छन्। चालकको टाउकोमा चोट लागेको छ र उनको विराटनगरको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

घाइतेमध्ये ६ वर्षीय सबिस्का राई, वर्ष ४ का समिरा विशुङ्खे, १२ वर्षीय संयोग बिसुङ्खे, ६ वर्षीय सोबिस्का राई, ९ वर्षीय अंगु बराई मगर  र शिक्षक २३ वर्षीय प्रिति सिवालाई  गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोडमा रेफर गरिएको छ। 

अन्य बालबालिका आदित्य राई, सदिक्षा काफ्ले, सोहित राजवंशी, आयान सुब्बा, अनुराग तामाङ, कृष्पा राई, आयानि विक, प्रनिस राई, समर्पण राई, सुसिता किसान, तानसोना लिम्बु, सेसेहाङ लिम्बुलगायतको उपचार धुलाबारीस्थित आम्दा अस्पतालमा भइरहेको छ।

उनीहरुको अवस्था सामान्य रहेको  इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीले जानकारी दिए। दुर्घटना भएको स्थान धुलाबारीबाट करिब ४ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad