कोशी


‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई प्रदान

‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई प्रदान

नेपालखबर
साउन ३, २०८२ शनिबार २२:३२, विराटनगर

कृष्णप्रसाद भण्डारी मार्सेलीद्वारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औँ  स्थापना दिवसको अवसरमा  शनिबार  मार्सेली उपभोक्ता सचेतना पुरस्कार न्यौपानेलाई प्रदान गरिएको हो।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा २ लाख ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेर उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको थियो।

पुरस्कार १५ हजार १ रुपैयाँ रहेको छ। पुरस्कार हरेक वर्ष राष्ट्रसेवक साकोसको स्थापना दिवसको अवसरमा वितरण गरिने सहकारीका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए।

लामो समय सरकारी सेवामा रहेर काम गरेका भण्डारीले जागिरबाट अवकाश पाएपछि पनि उपभोक्ताको क्षेत्रमा काम गर्दै आएका छन्। उनी अहिले उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष समेत हुन्।

भण्डारीले उपभोक्ता अधिकार पनि मानव अधिकारको एउटा पाटो भएको कारणले पनि उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको अक्षय कोष स्थापना गरिएको बताए।

सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सहकारी राष्ट्रसेवक कर्मचारीबाट अवकाश पाएका पूर्वसहकारी रजिस्ट्रार हरिबहादुर खत्रीलाई पनि सम्मान गरेको छ।

राष्ट्रसेवक सहकारीको २८ औँ स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सहकारी क्षेत्रको प्रगति भइरहेको बताए। उनले सहकारी सुदृढीकरणको लागि अभियान र सरकार दुवै लागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad