झापाको बिर्तामोडमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डे रहेका छन्। पाण्डे बिर्तामोड नगरपालिकास्थित विद्युत कार्यालयमा कार्यरत थिए।
प्रहरीका अनुसार, पाण्डे शुक्रबार दिउँसो बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम स्टेण्ड क्षेत्रमा ट्रान्सफर्मर जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका उनलाई तत्कालै कार्यालयका कर्मचारीहरूले उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड ल्याएका थिए। तर, अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाको लगतै अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
93
Shares

प्रतिक्रिया