कोशी


झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक पक्राउ

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक पक्राउ

नेपालखबर
असार २६, २०८२ बिहिबार २१:१, विराटनगर

झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचौकमा सवारी दुर्घटनामा परेर एक व्यक्तिको ज्यान गएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ का अन्दाजी ३८ वर्षीय रामबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ।

राति करिब १०ः४५ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको गस्ती टोलीले उनलाई रामचौकस्थित सडक छेउमा गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। 

टाउको र शरीरका विभिन्न भागमा चोट देखिएका उनलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनामा संलग्न सवारी साधनको खोजीका क्रममा आज दिउसो काकडभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चालक मकवानपुरको थाहा नगरपालिका–७ निवासी २७ वर्षीय रोशन तामाङ रहेको बताइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad