कोशी


झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालखबर
असार २२, २०८२ आइतबार २२:१, झापा

झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित सयपत्रि टोलमा आइतबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

आफ्नै खेतमा रोपाइँको तयारी गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका ३९ वर्षीय रोषन जिमीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

आइतबार साँझ ७ बजे घर नजिकैको पैनिबाट मोटर सेट प्रयोग गरी खेतमा पानी तान्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

तत्काल घाइते अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७ः१५ बजे मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

मृतकको शव हाल अस्पतालमै राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad