कोशी


कोशी प्रदेशले ग्रिन हाइड्रोजनबाट चल्ने साधनमा सवारी कर छुट दिने

कोशी प्रदेशले ग्रिन हाइड्रोजनबाट चल्ने साधनमा सवारी कर छुट दिने

नेपालखबर
असार १, २०८२ आइतबार १६:५७, काठमाडौँ

कोशी प्रदेशले ग्रिन हाइड्रोजनबाट चल्ने साधनमा सवारी कर छुट दिने भएको छ। 

आइतबार सार्वजनिक भएको बजेटमा हाइड्रोजन र सीएनजीबाट चल्ने साधनमा छुट दिने भएको हो। 
 
कोशी प्रदेशले राजस्व व्यवस्थापन गर्न नयाँ राजस्व ऐन तर्जुमा गर्ने भएको छ। कर व्यवस्थालाई चुस्त बनाउन प्रदेश राजस्व कार्यालय स्थापना गर्ने वक्तव्यमा उल्लेख छ। 

प्रदेश लगानी सम्मेलनमा प्रतिबद्धताअनुसार जग्गा खरिद गर्दा लिखत पारित गर्दा लाग्ने दस्तुरमा ७५ प्रतिशत छुट दिने भएको छ। त्यसबाहेक १०० जना भन्दा बढी रोजगारी दिने व्यवसायमा जग्गा खरिदगर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ। 

पुरानो कर बुझाउन बाँकी सिमेन्ट, इट्टा लगायतका कम्पनीले बुझाउँदा जरिवाना लगायतका छुट दिने भएको छ।

भर्खरै भएको लगानी सम्मेलनमा प्रदेश सरकारले ग्रिन हाइड्रोजन उत्पादनका लागि उद्योग खोल्न सम्झौता नै गरिसकेको छ। 

त्यसैगरी हालसम्म मनोरञ्जन कर तथा पर्यटन शुल्क बुझाउन बाँकी व्यवसायीले आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमा उल्लिखित दर बमोजिम पछिल्लो तीन वर्षको हुने रकम बुझाएमा अन्य बाँकी कर, शुल्क र सोमा लाग्ने जरिबाना तथा ब्याज छुट दिने व्यवस्था मिलाएको छ। 

विगत आर्थिक वर्षमा लगाइएको प्राकृतिक स्रोत उपयोग वापतको शुल्क र वातावरण तथा औद्योगीकरण व्यवस्थापन दस्तुर बुझाउन बाँकी सिमेन्ट उद्योगले उत्पादित सिमेन्ट उद्योगबाट निकासी गर्दा प्रति बोरा (पचास केजी) को ०.२५ रुपैयाँका दरले पछिल्लो तीन आर्थिक वर्षको हुने रकम एकमुष्ट रुपमा बुझाएमा अन्य बाँकी रहने शुल्क, दस्तुर, ब्याज तथा जरिबाना छुट दिने व्यवस्था गरेकाे छ। 

विगत आर्थिक वर्षमा लगाइएको वातावरण तथा औद्योगीकरण व्यवस्थापन दस्तुर बुझाउन बाँकी नदीजन्य पदार्थ प्रशोधन गर्ने उद्योग, इँट्टा उद्योग र कंक्रिट ब्लक उत्पादन गर्ने उद्योगले दुई आर्थिक वर्षको दस्तुर बुझाएमा अन्य बाँकी दस्तुर तथा सोमा लाग्ने ब्याज जरिवानामा पूर्ण रुपमा छुट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad