कोशी


खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किला गाँजा बरामद

खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किला गाँजा बरामद

नेपालखबर
जेठ २१, २०८२ बुधबार १५:३०, विराटनगर

सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रहरीले एक हजार एक सय २० किलो गाँजा बरामद गरेको छ। हरिनगर गाउँपालिकाको वडा  नम्बर ५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगन्जको टोलीले मङ्गलवार साँझ १ हजार १ सय २० मिलिग्राम गाँजा प्रहरीले बरामद गरेको हो।

कटान खोला बगरमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामामा १ हजार १ सय २० मिलिग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad