कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममा सुरुङ मार्गदेखि रेलमार्गसम्मको अवधारणा सार्वजनिक गरेको छ।
कोसी प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा कोसी प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा विराटनगर विमानस्थललाई क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न सङ्घीय सरकारसँग समन्वय गर्ने भनिएको छ।
त्यस्तै केचना–सगरमाथा जोड्ने द्रुत मार्ग र चतरादेखि चौर खर्कसम्म जोड्ने रेलमार्गको अवधारणलाई अगाडी बढाउन सम्भाव्यता अध्ययन गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।
त्यस्तै तमोर–चिसाङ डाईभर्सनकोलागि पहल गर्ने, तमोर लेउती सुरुङ मार्ग निर्माण गर्ने पनि नीति तथा कार्यक्रमले समेटेको छ।
अन्तर प्रदेश समन्वय र सहकार्य लाभको आभारमा परियोजना बनाइने, अन्तर तह र अन्तर प्रदेश सम्बन्धलाई सुदृढ गर्दै क्षमता र संस्थागत गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
त्यस्तै सरकारले २५ मेगावाटसम्मको विद्युत् आयोजना सञ्चालन गर्ने, विद्युतीय शव दाह गृह निर्माण गरिने र लिफ्टिंग खानेपानी आयोजनामा वैकल्पिक ऊर्जाको व्यवस्थापन र विद्युत् व्यवस्थापनका कुरालाई पनि नीति तथा कार्यक्रमले समेटेको छ।
Shares

प्रतिक्रिया