कोशी


सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १६:१८, विराटनगर

सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते भएका छन्। 

दुहबी नगरपालिका ३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोकि्कएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा ८ राजाबासका ३० वर्षका प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको उनले जानकारी दिए।  

टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर भएका खतिवडाको विराट टिचिङ अस्पताल बूढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने वर्ष ३८को सुरेश कार्की  टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ।

चालकको छोरी वर्ष १४ की रोजिना कार्कीको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad