कोशी


एमालेले भन्यो– जागरण सभा गर्न सरकारबाट पैसा लिएका छैनौं

एमालेले भन्यो– जागरण सभा गर्न सरकारबाट पैसा लिएका छैनौं

नेपालखबर
चैत ३१, २०८१ आइतबार १६:२६, विराटनगर

नेकपा एमाले कोसीले झापाको दमकमा आयोजना गरेको खर्च  सार्वजनिक गरेको छ। गणतन्त्र र संघीयता विरोधीको विरोधमा आयोजना गरेको भनिएको जनजागरण सभामा १२ लाख ६५ हजार खर्च भएको नेकपा एमालेले जनाएको छ। 

प्रेस चौतारी झापाले आइतबार पत्रकार सम्मेलन गर्दै एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोसीमा नयाँ अभ्यास  गरिएको जानकारी दिए। वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताएका राईले  एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्‍यो भनेर गलत हल्ला चलाइएको बताए । 

‘हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौं’, राईले भने, ‘हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठूला–ठूला सभाहरू गर्न सक्छौं।’ दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको उनले दाबी गरे।

उनले सार्वजनिक गरेको खर्चमा मञ्च र साउन्डका लागि ४ लाख, स्वयंसेवक परिचालनका लागि ३ लाख, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको जानकारी दिए। 

जनजागरण सभामा झाँकीका लागि ३५ हजार, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविध गरेर १ लाख खर्च भएको पनि जानकारी दिइएको छ। स्वयंसेवकहरूले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको उनले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad