कोशी


मोबाइल चार्ज गर्दा र पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर २ जनाको मृत्यु

मोबाइल चार्ज गर्दा र पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर २ जनाको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
चैत ३१, २०८१ आइतबार १५:२०, विराटनगर

झापा र इलाममा गरी करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले आइतबार दिएको जानकारीअनुसार करेन्ट लागेर झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्मा र इलामको माई नगरपालिका-८ का ४६ वर्षीय मदनकुमार राईकाे मृत्यु भएको हो।

विश्वकर्मालाई शनिबार साँझ आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेकाे थियो। 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै राईलाई भने मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो। 

प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेका राई मृत अवस्थामा फेला परेका थिए।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad