कोशी


प्रधानमन्त्रीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

प्रधानमन्त्रीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

नेपालखबर
चैत ३१, २०८१ आइतबार १३:३१, झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गरेका छन्।

उनले आइतबार नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उक्त अस्पताल भवनको शिलान्यास गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे।

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए।

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार  रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad