झापाको कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्।
बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नम्बर ६ मा तीन दिनयता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो।
घाइते हुनेमा ४ वर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन्।
पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उनले बताए।
कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा गएर रेबिजविरुद्धको खोप लगाएका छन्।
उनले केन्द्रमा रहेको खोपले एकपटक मात्र पुग्ने भएका कारण थप खोप कोसी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताए।
पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताए। रासस
Shares

प्रतिक्रिया