कोशी


मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा श्रीमान्-श्रीमतीकै मृत्यु

मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा श्रीमान्-श्रीमतीकै मृत्यु

नेपालखबर
चैत २३, २०८१ शनिबार १२:१०, विराटनगर

मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ।

प्रहरीका अनुसार रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडकमा राति को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यसमा सवार दम्पतीकै मृत्यु भएको हो। 

मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार दम्पती सवार मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई-१ कल्याणपुरका ४२ वर्षीय सोम टुडु र पछाडि सवार उनकै पत्नी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको उनले जानकारी दिए। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पठाएका थिए।

तर उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनाको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad