कोशी


इटहरी र धरानमा सरकार विरुद्ध प्रदर्शन, नेताहरूको पुत्ला दहन

इटहरी र धरानमा सरकार विरुद्ध प्रदर्शन, नेताहरूको पुत्ला दहन

नेपालखबर
चैत १२, २०८१ मंगलबार २२:३, विराटनगर

नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले इटहरीमा सरकारका विरुद्ध विरोध प्रदर्शन सहित पुत्ला दहन गरेका छन्।  

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि त्यसको विरोध भएको हो। 

नेकपा माओवादी केन्द्रका नेताहरूको नेतृत्वमा केही एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूले इटहरी चोकमा भेला भएर कुलमान घिसिङलाई पदबाट हटाएकोमा इटहरीमा प्रधानमन्त्री र मन्त्री सहितका त्यसमा संलग्न नेताहरुकोे  पुत्ला जलाएका हुन्। 

सरकारले नागरिकको मागलाई नसुनेको, कुलमानलाई बर्खास्त गरेको, बिचौलियाले सरकार चलाएकोले कुलमान घिसिङलाई हटाउने नेताहरूको पुत्ला जलाएको नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव डाँगीले जानकारी दिए। 

प्राधिकरणमा कुलमान घिसिङ आएपछि १८ घण्टाको लोडसेडिङ चमत्कारिक अन्त्य गरेको, घाटामा गएको प्राधिकरणलाई गुणात्मक रूपमा नाफामा लगेको व्यक्तिलाई हटाउनु सरकारले गम्भीर त्रुटि गरेको कारण विरोधमा आन्दोलन गर्नु परेको उनको भनाई छ।  

इटहरी चोकमा केही बेर पुत्ला जलाउने र खोस्ने प्रहरी बिच खोसाखोस भएको थियो। सङ्गीत चोकबाट निस्किएको जुलुस इटहरी चोकमा  पुगेर  प्रदर्शन सहित पुत्ला जलाएका थिए।   

त्यस्तै धरानमा स्वतन्त्र नागरिक समाजको नाममा भेला भएका व्यक्तिहरूले भानु चोकमा प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाउन खोज्दा प्रहरीले रोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad