कोशी


सबैभन्दा बढी पहिचानवादी एमाले र कोसी सरकार हुन् : मुख्यमन्त्री कार्की

सबैभन्दा बढी पहिचानवादी एमाले र कोसी सरकार हुन् : मुख्यमन्त्री कार्की

नेपालखबर
चैत १२, २०८१ मंगलबार १७:१६, विराटनगर

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानको मुद्दालाई सम्बोधन गर्न सरकारले काम गरिरहेको बताएका छन्। 

प्रेस चौतारी नेपालका नव निर्वाचित पदाधिकारीलाई शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम मुख्यमन्त्री कार्कीले पहिचानको विषयलाई  सम्बोधन गर्नका लागि खुवालुङ, सांस्कृतिक पहिचानको क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रको विकास र प्रवर्द्धनका कामहरू भइरहेको बताए।

उनले अहिले कोसी प्रदेशमा उठेका पहिचानका मुद्दालाई सरकारले विभिन्न योजना र कार्यक्रम तथा बजेट मार्फत सम्बोधन गर्ने काम भएको समेत स्पष्ट पारे।  उनले सांस्कृतिक पहिचान बोकेको १६७ किलोमिटरको महागुरु फाल्गुनन्दको नाममा मुन्धुम ट्रेल, १६० किलो मिटरको लालीगुराँस ट्रेल, २० किलोमिटरको चियाबारी ट्रेलले कोसी प्रदेशको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए।  

‘महागुरु फाल्गुनन्दनले स्थापना गर्नु भएको किराँत धर्मलाई पनि उसै गरी प्रवर्द्धन गरिरहेका छौँ, उनले भने, अहिले पहिचानका कुराहरू ठुला ठुला स्वरहरूमा उठाइएका छन्, ती पहिचानवादी भनिएका मानिसहरूलाई सरकारको नेतृत्व तथा जिम्मेवारीमा हुँदा कति कहाँ के के गरे लु खोज्नुस् र अहिलेको एमालेको नेतृत्वको कोसी प्रदेश सरकारले पहिचानको विषय स्थापित गर्न  कति वटा मुद्दा स्थापित गरेका छन् त्यो हेरे छर्लङ्ग हुन्छ।’  

उनले सबैभन्दा बढी पहिचानवादी नेकपा एमाले र कोसी सरकार भएको समेत भन्न भ्याए।

‘हामीले खुवालुङलाई प्रवर्द्धन गर्ने गरी योजना राखेका छौँ, हामीले माङ्सेबुङको प्रवर्द्धन र विकास गर्ने गरी बहु वर्षीय योजना तथा कार्यक्रम राखेका छौँ, उनले भने, हामीले हलेसी र तुवाचुङको विकासकालागि ठूला ठूला योजनाहरू हालेका छौँ, अब हामी वराहक्षेत्र र चतराको लागि पनि प्राथमिकीकरण गर्दैछौँ।’ 

उनले कोसी प्रदेशको पर्यटनको विकासले राष्ट्रिय पुँजीको परिचालन गरी देश विकास गर्न सकिने गरी अघि बढ्ने योजना सरकारसँग रहेको मुख्यमन्त्री कार्कीले दाबी गरे।  उनले धार्मिक पर्यटन असाध्यै बलियो क्षेत्र रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad