कोशी


तीन संगठनको प्यानल पल्टाउँदै केन्द्रीय प्रविधि क्याम्पसमा स्वतन्त्र विजयी

तीन संगठनको प्यानल पल्टाउँदै केन्द्रीय प्रविधि क्याम्पसमा स्वतन्त्र विजयी

नेपालखबर
चैत ७, २०८१ बिहिबार ९:१, विराटनगर

सुनसरीको धरानमा रहेको केन्द्रीय प्रविधि क्याम्पसमा स्वतन्त्र उम्मेदवार पेसलराज कार्की स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएका छन्। 

कांग्रेसको नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूको संयुक्त प्यानललाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कार्की सभापति पदमा विजयी भएका हुन्। 

निर्वाचित कार्कीले अनेरास्ववियुका क्रिस श्रेष्ठलाई हराएका हुन्।

कार्कीले ४१३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले ३६४ मत मात्रै पाए। 

यस क्याम्पसको स्ववियु सचिवमा नेविसंघका विश्वेश्वरप्रसाद बडु, कोषाध्यक्ष स्वतन्त्र नाम्छाङ राई निर्वाचित भएका छन्।

सुनसरीका ७ क्याम्पसमध्ये जनता क्याम्पस इटहरीमा चुनाव नै भएन।

पिण्डेश्वर विद्यापीठमा सहमतिका आधारमा अनेरास्ववियुलाई नेतृत्व दिइएको छ।

त्यस्तै सुनसरीका ५ क्याम्पसमध्ये सुनसरी बहुमुखी क्याम्पस, सप्तकोसी बहुमुखी क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरानमा सभापति पद नेविसंघले जितेको छ।

महेन्द्र क्याम्पस धरानमा नेविसंघले दोस्रोपटक विजय हासिल गरेको हो। 

यसअघि अनेरास्ववियुले जितिरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad