बागमती


मकवानपुरमा ग्यास बुलेटको ब्रेक फेल हुँदा ट्रकसँग ठोकियो

मकवानपुरमा ग्यास बुलेटको ब्रेक फेल हुँदा ट्रकसँग ठोकियो

तीनै तस्बिर पल्टिएको ग्यास बुलेटका हुन्।


नेपालखबर
चैत ७, २०८१ बिहिबार ९:४७, हेटौँडँ

मकवानपुरमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोकिँदा ग्यास बुलेट पल्टिएको छ। 

प्रहरीका अनुसार वीरगन्जबाट धादिङको धार्केतर्फ जाँदै गरेको एनएल ०१ एए ५००७ भारतीय नम्बरको ग्यास बुलेट ब्रेक फेल भएपछि विपरीत दिशाबाट आइरहेको ग.१ख ९४८१ नम्बरको ट्रकसँग बिहीबार (आज) बिहान ७:१५ बजे ठोकिएको हो। 

दुई गाडी हेटौँडा उपमहानगरपालिका-८ स्थित एचआईडी गेटअगाडि ठोकिएको प्रहरीले जनाएको छ। 

ठक्करपछि ग्यास बुलेट सडकमा पल्टिएको हो। तर ट्रक भने पल्टिएन। 

दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार सडक अवरुद्ध पनि भएको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad