कोशी


मकालुमा दक्षिणी एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुँदै

मकालुमा दक्षिणी एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुँदै

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १९:३४, विराटनगर

संखुवासभाको मकालुमा अन्तराष्टिय साहित्य महोत्सव हुने भएको छ। विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा मकालु प्लाटिनम जुब्ली तथा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको हो।

संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमामा नेपालसहित भारत, बंगलादेश र भुटानका साहित्यकारहरु सहभागी हुने जनाईएको छ।  

यही फागुन १४, १५, १६ र १७ गते  नुम बजारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए।

कार्यक्रममा सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बुढाथोकीले बताए। उनले दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सवले मकालु, शिवधारा र वणुगोत्री त्रिआयामिक धाार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे। 

स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदानप्रदानले सम्बन्धसमेत सुमधुर हुने उनको भनाइ थियो। 

‘पहिलोपटक हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्दछ,’ उनले थपे, ‘कार्यक्रमलाई भव्य बनाउन पूरै संखुवासभा लागिपरेको छ। यो कार्यक्रम भव्य मात्रै होइन ऐतिहासिक हुनेछ।’

कार्यक्रमलाई सफल बनायन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समितिसमेत बनाइएको छ। महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका  कार्यक्रम रहेको संयोजक राईले जानकारी दिइन्।

विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाई ८४६३ मिटर रहेको छ। जुन हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चारदिने भव्य कार्यक्रम हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad