कोशी


कोसी चिया कानुन बनाउन सांसदहरूको माग

कोसी चिया कानुन बनाउन सांसदहरूको माग

नेपालखबर
माघ २७, २०८१ आइतबार १८:२३, विराटनगर

कोसी प्रदेशसभामा सांसदहरूले  सांसदहरूले किसानले मल खाद नपाएको तथा कोसी चिया कानुन बनाउन माग गरेका छन्। आइतबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।  

इलामका सांसद गोविन्द गिरीले इलाम चियाको राजधानी भनिए पनि किसानलाई राज्यले संरक्षण गर्न नसकेको बताए। कोसीमा ९८ प्रतिशत चिया उत्पादन हुने गरेकोमा झापा र इलाममा धेरै कुराहरू रहेको जानकारी दिए। गिरीले साना विकासलाई लाभ पुग्ने गरी सरकारले चिया नीति लिन नसकेको बताए। 

‘झापामा बढी चिया उत्पादन भए पनि आम्दानी इलामले लिँदै आएको छ,' उनले भने, खेती झापामा बढी हुन्छ, तर गुणस्तरीय र मूल्य धेरै इलामको चियाले पाउँदै आएको छ, उद्योग चलाउने देखि ५ रोपनीमा चिया खेती गरेर जीवन निर्वाह गर्नेहरू छन्।’ 

चियामा किसानलाई एक बोरा युरिया पनि दिन सक्ने कानुन पनि प्रदेश सरकारसँग नभएको बताउँदै गिरीले कानुनी व्यवस्था गर्न माग गरे। 

उनले चिया तथा कफी विकास बोर्ड केन्द्रमा रहेको भए पनि त्यसले चिया किसानलाई समेट्न नसकेको बताए। 

सांसद शोभा चेम्जोङले  मल खादको अभावका कारण किसान समस्यामा रहेको बताइन्। मद खाद नपाउँदा जीविकोपार्जनमा नै समस्या उत्पन्न हुने अवस्थालाई सामान्य आँक्न नमिल्ने बताइन्। उनले कृषि प्रणालीको उचित व्यवस्थापन गरी कृषि मैत्री नीति बनाउन सरकारसँग माग गरिन्। मल किन्न नसक्ने किसानलाई अनुदानमा व्यवस्था गर्न आग्रह गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad