कोशी


गाँजा बोकेर भागेको भारतीय स्कारपिओ दुर्घटना

गाँजा बोकेर भागेको भारतीय स्कारपिओ दुर्घटना

नेपालखबर
माघ २५, २०८१ शुक्रबार २१:२, विराटनगर

सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेका दुईवटा सवारी साधन र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। 

राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको भारतीय नम्बरको एचआर ७० इ९५०२ नम्बरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागेपछि देवानगंज-७मा अनियन्त्रित भई  सडक भन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा अर्थात् २९६ किलो ८५० ग्राम र प्रदेश २-०३-००९ प ०९९७ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।   

यस्तै  इटहरी उपमहानगरपालिका-१७ बाट ट्राफिक समेतको संयुक्त चेकिङ टोलीले चेकजाँचको क्रममा बा। २ च ३४६५ नम्बरको टाटा सफारी गाडीमा ८ पोका ९२ सय ३० किलो १५० ग्राम० गाँजा बरामद गरेको छ।

उता सुनसरीकै कोसी गाउँपालिका-३ मा नेपाल भारत सीमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा बोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो। 

बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम दाहालले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad