कोशी


'फुटबलर्स मिसन टुगेदर' कोसीको अध्यक्षमा थापा

'फुटबलर्स मिसन टुगेदर' कोसीको अध्यक्षमा थापा

नेपालखबर
माघ १९, २०८१ शनिबार १६:२३, विराटनगर

फुटबल क्षेत्रमा लागेका व्यक्तिहरूले 'फुटबलर्स मिसन टुगेदर'को कोसी प्रदेश समिति घोषणा गरिएको छ। 

शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पुनमजंग थापाको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो। 

उपाध्यक्षमा  इनु रसाइली र संगीता राउत, पारस चौधरी रहेका छन् भने महासचिवमा मधुसूदन खनाल र  कुमार महर्जन कोषाध्यक्षमा चयन भएका छन्। 

त्यस्तै  दीपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शन राजलव श्रेष्ठ, सुरेन्द्र तामाङलाई  सदस्यमा चयन गरिएको छ।

कार्यक्रममा कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले कोसी खेलकुद विकास बोर्डले खेलाडी उत्पादनमा केन्द्रित भई काम गरिरहेको बताए। 

फुटबलर्स मिसन टुगेदरका संस्थापक अध्यक्ष अशोक बज्राचार्यले फुटबल क्षेत्रको समग्र विकासका लागि मिसन टुगेदरले  अभियान चलाउने बताए।

कोसी प्रदेश नेपाल फुटबल संघका अध्यक्ष एवं एन्फाको मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले विश्व बजारमा क्रिकेटले खेलेको भूमिका जतिकै फुटबलले पनि महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए।

क्रिकेटले लिएको उचाइ जस्तै नेपाली फुटबलले पनि विश्वकपमा पुर्‍याउने लक्षका साथ फुटवल संघ एक भएर लाग्नु पर्ने बताए।

एन्फाका पूर्वसचिव वसन्त अर्यालले खेलकुदमा खेलाडीको अवस्था के हो भन्नेमा केन्द्रित हुनु पर्ने अवस्था रहेको बताए। खेलकुद क्षेत्रमा फुटबल क्षेत्रको विकास र खेलाडीको संरक्षण तथा खेलाडी उत्पादनमा केन्द्रित हुन उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad