मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा शुभाषश्री पोखरेल नियुक्त गरिएको छ।
विश्वविद्यालयका कुलपति तथा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दुहबी-५ निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका हुन्।
उनको शपथ कार्यक्रम पनि आजै भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम लुइँटेलले जानकारी दिए।
विश्वविद्यालयमा स्नातकतर्फ बीएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम पढाइ हुन्छ।
36
Shares

प्रतिक्रिया