समाज


भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते

गम्भीर घाइते ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो
भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते

नेपालखबर
पुस ११, २०८१ बिहिबार १२:२९, काठमाडौँ

भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

भोजपुर नगरपालिका-५ बोखिमको डाडाँटोल भन्ने ठाउँको भित्री सडक खण्डमा आज बिहान साढे ८ बजेतिर प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। 

दुर्घटनामा झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घलेको मृत्यु भएको श्रेष्ठले बताए। 

दुर्घटनामा स्कार्पिओ चालक र एक बालकसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए। 

‘गम्भीर घाइते तीनजनालाई थप उपचारको लाग केही बेरअघि हेलिकप्टरबाट काठमाडौँ पठाएका छौँ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘अन्य घाइतेको अहिलेसम्म भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको छ। त्यसमध्ये बढी चोट लागेका केहीलाई धरान लैजाने तयारी हुँदैछ।’ 

इन्सपेक्टर राईका अनुसार गम्भीर घाइते भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो। 

स्कार्पिओ चालक सुनसरीको धरान- ८ का सुदीप लिम्बू उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

स्थानीय टेम्केडाँडा भ्रमणमा जाँदै गरेका यात्रु सवार स्कर्पिओ आफैँ अनियन्त्रित भइ सडकबाट करिब २५० मिटर तल खसेको श्रेष्ठले बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad