कोशी


दमक टावर उद्घाटन गर्दै ओलीले भने- नयाँ तरिकाको विकासको नमुना

दमक टावर उद्घाटन गर्दै ओलीले भने- नयाँ तरिकाको विकासको नमुना

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १६:५२, झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई नयाँ तरिकाको विकासको नमुना भनेका छन्।

एक सय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए।

विश्वका अन्य मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गरे।

यसअघि सहकारी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले यो टावर माइलस्टोन सावित हुने दाबी गरेका थिए। देश-विदेशका पर्यटकका लागि यो प्रमुख पर्यटकीय आकर्षण बन्ने विश्वास पनि उनले व्यक्त गरेका थिए।

सिग्देलका अनुसार, मुख्य बजार क्षेत्रवाट केबल ४ किलोमिटर टाढा र पूर्व-पश्चिम राजमार्गवाट उत्तरतर्फ १० मिनेटको ड्राइभमा पुग्न सकिने दमक नगरपालिकाको वडा नं ३, दापगाछीमा अवस्थित यस टावरले ४ बिघा १६ कट्ठा क्षेत्रफल ओगटेको छ।

‘यो परिसर केवल एक टावर भवन मात्र होइन, यो हाम्रो दमकलाई, झापा जिल्लालाई र समग्र कोसी प्रदेशलाई घरेलु र विदेशी
पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने हाम्रो दृष्टिकोणको आधार पनि हो,’ उनले भने, ‘यस दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक र कर्पोरेट कार्यकमहरू एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको छ। साथै दृश्यावलोकन समेतको प्रावधान राखी बनाइएको छ, जसले हाम्रो भूदृश्यको सुन्दर दृश्यहरू हेर्नको लागि एक उत्कृष्ट बिन्दु सावित हुनेछ। यस टावरले हाम्रो सहरको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ, पर्यटकहरूलाई आकर्षित गर्नेछ।’

उनले दिएको जानकारी अनुसार, यस टावर परिसरलाई विभिन्न भूउपयोग क्षेत्रहरूमा विभाजन गरिएको छ, जसमा पैदल मार्ग, प्रवेश मार्ग, प्लाजा, टावर, मनोरञ्जनात्मक बगैँचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैँचा छन्। यसको बेसमेन्ट पार्किङमा ४० वटा चारपांग्रे र २०० वटा दुईपांग्रे सवारी साधन अट्न सक्नेछन्। कम्प्लेक्सको कुल निर्मित क्षेत्रफल १५ हजार ६११ वर्ग मिटर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad