कोसी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारी नियुक्त भएका छन्।
भण्डारी एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतसमेत रहेका भण्डारीलाई प्रदेश प्रमुखले आन्तरिक मामिला मन्त्री नियुक्त गरेका छन्। शपथको तयारी भइरहेको भण्डारीले नेपालखबरसँग बताए।
एमालेकै लीलाबल्लभ अधिकारी जापानमा मानव तस्करी गराएको आरोपमा मुछिएपछि राजीनामा दिएर बाहिरिनुपरेको थियो। प्रहरीले पक्राउ गरी मुद्दा चलाउन राय दिए पनि सरकारी वकिल कार्यालयले भने उनलाई मुद्दा नचलाई छाडेको छ।
213
Shares

प्रतिक्रिया