ब्याटलग्राउन्ड राज्यमध्ये सबैभन्दा महत्त्वपूर्ण पेन्सिलभेनिया डोनाल्ड ट्रम्पले जितेका छन्।
पेन्सिलभेनियालाई ट्रम्प र कमला ह्यारिस दुवैले आफ्नो जितका लागि निर्णायक मानेका थिए।
यो राज्यको १९ इलेक्टोरल मत प्राप्त गरेसँगै ट्रम्पलाई राष्ट्रपति बन्न मात्र ३ इलेक्टोरल मतको खाँचो छ।
ट्रम्पले २६७ मत जितिसकेका छन्।
ह्यारिसको २१४ मत छ। यससँगै ह्यारिसको जितको सम्भावना निख्रिँदै गएको छ।

अब बाँकी रहेकामध्ये कुनै एक स्विङ स्टेट जितेर ट्रम्पले ह्वाइट हाउसको यात्रा सुनिश्चित गर्न सक्छन्। एजेन्सी
426
Shares

प्रतिक्रिया