प्रदेश सभा कोसी प्रदेशको बैठक भदौ १४ गतेका लागि बोलाइएको छ। सभामुख अम्बर बहादुर विष्टले प्रदेश सभाको पाँचौ अधिवेशनको चौथो बैठक यही भदौ १४ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाएका हुन्।
यसअघि भदौ १८ का लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित गर्दै १४ गते बस्ने जानकारी प्रदेश सभाले दिएको छ।
गएको असार ८ गते बजेट पास भएपछि प्रदेश सभा बैठक स्थगित भएको थियो।
प्रदेश सभा सरकारको छायाँमा परेको भन्दै प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विरोध गरेको थियो भने सत्तारुण दलकै सांसदले पनि बैठक राख्न माग गरेका थिए।
माओवादी केन्द्रले नागरिकको सवाल र सरकारले गरिरहेको कामको समीक्षा गर्न तत्काल प्रदेश सभाको बैठक बस्नुपर्ने माग राखेको थियो।
24
Shares
प्रतिक्रिया