ad ad

कोशी


उद्योग, कृषि र सहकारी क्षेत्रमा कोसीले विनियोजन गर्‍यो २ अर्ब ६७ करोड

उद्योग, कृषि र सहकारी क्षेत्रमा कोसीले विनियोजन गर्‍यो २ अर्ब ६७ करोड

नेपालखबर
असार १, २०८१ शनिबार १६:२०, काठमाडौँ

कोसी प्रदेश सरकारले उद्योग, कृषि र सहकारी क्षेत्रमा २ अर्ब ६७ करोड विनियोजन गरेको छ। 

आर्थिक मामिलामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै उक्त ३ क्षेत्रमा साढे २ अर्ब बढी बजेट छुट्याएको बताएका हुन्। 

कृषि क्षेत्रको विविधीकरण, व्यवसायीकरण र बजारीकरण गर्न १ करोड ५० लाख छुट्याएको उनले बताए। रैथाने बालीको पहिचान र प्रवर्द्धनका लागि १ करोड २० लाख, प्रतिस्पर्धी कृषि अनुदान प्रणाली स्थगन गरी सर्वसुलभ कर्जाका लागि ४५ करोड विनियोजन गरेको उनले जानकारी दिए। 

पशुपन्छीजन्य उत्पादन, प्रशोधन र भण्डारणतर्फ १६ करोड बजेट छुट्याएको उनले बताए। चिया प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्न २ करोड ५० लाख छुट्याएको उनले बताए। 

अल्लो, ढाकाजस्ता वस्तु प्रवर्द्धन गर्न १ करोड बढी बजेट विनियोजन गरेको बताए। रोजगारी आय विस्तार गर्न वृद्धिमुखी उद्यमशीलताका लागि २ करोड विनियोजन गरेको बताए। उद्योग वाणिज्य प्रशासन सेवा प्रभावकारी बनाउने पनि उनले बताए। 

प्रदेशले धानको बीउ केन्द्रको रुपमा कोशी प्रदेशलाई विकास गर्ने, फलफुल उत्पादन विकास गर्ने ,माटोको परिक्षण, स्टार्टअप व्यवसायीलाई ब्याज अनुदान दिने लगायतका योजना अघि सारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .