ad ad

कोशी


सुनसरीका पाँच पालिकामा शुक्रबारदेखि जारी कर्फ्यु यथावत्, सीडीओले बोलाए सर्वपक्षीय बैठक

सुनसरीका पाँच पालिकामा शुक्रबारदेखि जारी कर्फ्यु यथावत्, सीडीओले बोलाए सर्वपक्षीय बैठक

सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जयनारायण आचार्य


नेपालखबर
चैत २४, २०८० शनिबार ९:५७, काठमाडौँ

दुई धार्मिक समूहबीच हिंसात्मक झडप भएपछि सदरमुकाम इनरुवासहित सुनसरीका ५ वटा पालिकामा शुक्रबारदेखि लगाइएको कर्फ्यु अहिले पनि जारी छ।

मुस्लिम र हिन्दु समुदायबीच तनाव उत्पन्न भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा अर्को सूचना नआएसम्मका लागि शुक्रबार साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो। 

अहिले अवस्था सामान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जयनारायण आचार्यले बताए। 

‘अहिले भर्खर हामीले कर्फ्यु लगाइएका स्थानको अनुगमन गर्‍यौँ स्थिति नियन्त्रणमै छ’, उनले शनिबार बिहान ९:४५ बजे नेपालखबरसँग भने, ‘तर कर्फ्यु खुला गर्ने अवस्था भइसकेको छैन।’

दुई समुदायबीचको विवाद समाधानका विषयमा आज सर्वदलीय/सर्वपक्षीय बैठक बस्ने तयारी भइरहेको जानकारी पनि उनले दिए। 

‘अहिले बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय सर्वपक्षीय बैठक राखेर विवाद समाधानका विषयमा छलफल गर्दै छौँ’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने।  

केही दिनयता सुनसरीका सीमावर्ती क्षेत्रमा सामाजिक र धार्मिक सद्‌भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच झडप भइरहेका थिए। 

गत बिहीबार एक समूहले हिन्दु समुदायका युवालाई मरणासन्न हुने गरी कुटपिट गरेको थियो। त्यसपछि तनावले उग्ररुप लिँदा सम्भावित हिंसा रोक्न प्रशासनले कर्फ्यु लगाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .