कोशी


कोसीमा ‘फ्लोर क्रस’ गर्ने जनप्रतिनिधिलाई गठबन्धनले कारबाही गर्ने

कोसीमा ‘फ्लोर क्रस’ गर्ने जनप्रतिनिधिलाई गठबन्धनले कारबाही गर्ने

नेपालखबर
माघ १२, २०८० शुक्रबार २१:४०, काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनमा फ्लो क्रस गरेर एमाले उम्मेदवारलाई मत दिने जनप्रतिनिधिमाथि कारबाही हुने भएको छ।

‘राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० कोसी प्रदेश’ ले शुक्रबार विज्ञप्ति जारी गरी गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई हराउन भूमिका खेल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारबाही गर्ने जनाएको हो।

यहि माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनबाट कांग्रेसका कृष्ण प्रसाद सिटौला र माओवादी केन्द्रका चम्पादेवी कार्की उमेदवार थिए। तर, निर्वाचनमा सिटौलाले जित्दा चम्पादेवी कार्कीको पराजय भएको थियो। उनको ठाउँमा एमालेकी रुक्मिणी कोइरालाले चुनाव जितेकी थिइन्।

चम्पादेवी कार्कीको पराजयप्रति गठबन्धन दलको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्तागठबन्धनका चार दलले ‘आगामी दिनमा यसको गम्भीर समीक्षा’ गर्ने बताएका छन्।

‘साथै गठबन्धनको निर्णय विपरित मतदान गर्ने गठबन्धन दलका गैर जिम्मेवार तथा निकृष्ट जनप्रतिनिधिहरुको सम्बन्धमा यथासीघ्र छानबिन गरि अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौँ’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेपाली कांग्रेस सदंसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलको नेता इन्द्र आङवो, एकीकृत समाजवादी संसदीय दलको नेता राजेन्द्र कुमार राई र जसपा संसदीय दलका नेता निर्मला लिम्बुको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .