कोशी


भूकम्पले चर्केका घर हेरेपछि जनार्दनले भने– यस्ता घरमा जनतालाई बस भन्न हुँदैन

भूकम्पले चर्केका घर हेरेपछि जनार्दनले भने– यस्ता घरमा जनतालाई बस भन्न हुँदैन

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार २०:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पले जरैदेखि हल्लाएका घरहरू पुननिर्माणमा समस्या देखिने भन्दै चिन्ता व्यक्त गरेका छन्। 

पूर्व निर्माणमन्त्री समेत रहेका नेता शर्माले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१३ मा चर्केका घरहरूको निरीक्षणपछि त्यहाँ अधिकांश घरहरू बस्न योग्य नभएको बताएका छन्। 

साथै, त्यस्ता घरमा जनतालाई राख्न नसकिने पनि बताएका छन्। 

‘चर्केका घरहरूलाई नेपाल सरकारको मापदण्डमा पूर्ण रुपमा क्षतिग्रस्त मानिँदैन तर माटाका कच्ची घरहरू न त रेट्रो फिटिङ गर्न मिल्छ न त चर्केको ठाउँलाई रोक्ने अर्को कुनै उपाय छ,’ पूर्वमन्त्री शर्माले भने, ‘माटो चर्केपछि फुट्नुको विकल्प हुँदैन त्यसैले पश्चिम नेपालका कच्ची माटाका घरहरुका लागि चर्केका घरहरुको श्रेणी छुट्याउने अहिलेको मापदण्डले काम गर्दैन।’ 

जाजरकोट, रुकुम–पश्चिम, सल्यान लगायत जिल्लामा चर्केका घरहरूलाई पनि पुननिर्माणको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। ‘चर्केका सबै घरलाई पुननिर्माणको दायरामा ल्याउनेगरी मापदण्डलाई यहाँको विशेषता अनुसार परिभाषित गर्नुपर्ने हुनसक्छ,’ उनले थपे ‘उद्धार–राहतको काम पछि पुनर्निमाणको चरणमा सुरु हुने भएकाले यस विषयमा हामी सरकारको ध्यानाकर्षण गराउँदछौं।’

‘चर्केका कुनैपनि घरमा जनतालाई बस भन्न सकिने अवस्था छैन। भुकम्पपछि आएका ४ सय बढी परकम्पनले माटाका घरहरूलाई जगदेखी नै अति जोखिमपूर्ण अवस्थामा ल्याइदिएको छ।’

साथै, उनले त्यस्ता घरमा जनतालाई बस्न भन्नु गैरजिम्मेवार हुने पनि बताए। 

घरहरू निरीक्षण गरेर क्षतिको विवरण संकलन र वर्गीकरण गर्ने क्रममा राज्य जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad