ad ad

बागमती


भूकम्प प्रभावितलाई बागमती प्रदेशका कर्मचारीको १ करोड २५ लाख सहयोग

भूकम्प प्रभावितलाई बागमती प्रदेशका कर्मचारीको १ करोड २५ लाख सहयोग

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार २०:३७, काठमाडौँ

जाजरकोट भुकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन्।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो।

गत कात्तिक १७ गते गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताए।

बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए। 

बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाको लागि बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृतस्तरका कर्मचारीको दुई दिनको तलब र अन्य सबै कर्मचारीको एक दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिए।

उनका अनुसार उक्त रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ।

प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिवको तीन दिन बराबरको, उपसचिव र शाखा अधिकृतको दुई दिन बराबरको र अन्य कर्मचारीको एक दिनको तलब रकम अनुमानित एक करोड २५ लाख हुन आउने उपाध्यायले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .