कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिएको छ। शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि दिएको समयसीमा अनुसार मुख्यमन्त्री नियुक्त माग गर्न दबाब दिँदै नेपाली कांग्रेस र एमालेका सांसदहरू अहिले प्रदेश प्रमुखकहाँ पुगेका छन्।
‘हामी नियुक्ति गर्न दबाब दिनेगरी प्रदेश प्रमुखको कार्यालयमा आएका छौं,’ मुख्यमन्त्रीका दाबेदार केदार कार्कीले नेपालखबरसँगग भने।
तर, प्रदेश प्रमुखसँग भने उनीहरूको भेट भएको छैन। प्रदेश प्रमुख पर्शुराम खापुङ कार्यालयभित्रै भएपनि कार्कीसहित दाबाब दिन गएका प्रदेशसभा सदस्यहरू बसेको हलमा भने उनी उपस्थित भएका छैनन्।
बिहीबार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्कीले आफूसँग बहुमत रहेको दाबी गरेका छन्।
तर आङ्बोले गरेको दाबीमा माओवादीका १३ र कांग्रेसका कार्कीसहित २९ सांसदलाई समेत गणना गरेर बहुमत जुटाएको दाबी गरेका छन्।
तर कार्की आफैंले मुख्यमन्त्रीको दाबी गरेकाले आङ्बोको बहुमत सिद्ध हुने सम्भावना कम छ। कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थन छ।
प्रष्ट बहुमत कार्कीका पक्षमा देखिएकाले कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना बढी छ।
Shares

प्रतिक्रिया