कोशी


कार्कीलाई मुख्यमन्त्री नियुक्तका लागि दबाब दिन ४८ सांसद प्रदेश प्रमुखकहाँ जाँदै

कार्कीलाई मुख्यमन्त्री नियुक्तका लागि दबाब दिन ४८ सांसद प्रदेश प्रमुखकहाँ जाँदै

नेपालखबर
असोज २६, २०८० शुक्रबार १६:४५, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई मुख्यमन्त्री नियुुक्त गर्न माग गर्दै ४८ सांसद प्रदेश प्रमुखको कार्यालयमा गएका छन्।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले आज (शुक्रबार) ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न प्रदेश सभा सदस्यहरूलाई आह्वान गरेका थिए। 

‘साथीहरू पनि त्यहाँ जाँदै हुनुहुन्छ। म पनि त्यहाँ जाँदैछु,’ एमाले संसदीय दलका नेता हिक्मत कार्कीले नेपालखबरलाई जानकारी दिए।

सोही अनुसार बिहीबार नेपाली कांग्रेसका केदार कार्की र नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी गरेका थिए। 

उनीहरू दुवैले ४७/४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .