ad ad

कोशी


कोशीका मुख्यमन्त्री थापाद्वारा विश्वासको मतको प्रस्ताव पेस

कोशीका मुख्यमन्त्री थापाद्वारा विश्वासको मतको प्रस्ताव पेस

नेपालखबर
भदौ ४, २०८० सोमबार १५:५८, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्।

उनले आजै विश्वासको मत लिँदैछन्।

गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका उनले २० दिनपछि विश्वासको मत लिन लागेका हुन्। 

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका थापाले आफूलाई विश्वास गरेर मत दिन आग्रह गरेका छन्।

उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै अनुपस्थित भएर काठमाडौं गएपछि प्रदेशसभा बैठक अध्यक्षमण्डलका सदस्य एवम् नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरीले चलाउन थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .