ad ad

कोशी


जबरजस्ती गर्नु भनेको प्रदेश सभाले काल निम्त्याउनु हो : भूपेन्द्र राई

जबरजस्ती गर्नु भनेको प्रदेश सभाले काल निम्त्याउनु हो : भूपेन्द्र राई

नेपालखबर
भदौ १, २०८० शुक्रबार १७:१०, काठमाडौँ

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले सरकार र प्रतिपक्ष जबरजस्तीमा लागे प्रदेश सभाले काल निम्त्याउने बाहेक अर्को कुनै विकल्प नहुने बताएका छन्।

प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकको अध्यादेश अस्वीकार प्रस्तावको दर्ता भएको सूचना फिर्ता लिने क्रममा सभालाई सम्बोधन गर्दै राईले यो बिचमा सबै दलहरूबाट जबरजस्ती कामहरू भएको बताए। 

हिजो नेकपा एमाले सरकारमा हुँदा अध्यादेशबाट बजेट ल्याएर  जबरजस्ती गरेको र सरकार बनाउने क्रममा पनि अहिलेको सत्ता गठबन्धनबाट जबरजस्ती भएको स्वीकार गर्दै सबै दलहरूबाट जबरजस्ती भएकोले अब यस्तो हुनु नहुने बताए।

‘प्रदेशको जिम्मेवारी निर्वाह गर्दै गर्दा दलहरूबाट हिजो जे जति ख्याल ठट्टा या जबरजस्ती भए अब त्यस्तो हुनु हुँदैन,’ प्रमुख सचेतक राईले भने, प्रदेशसभा भित्र ख्याल ठट्टा हुनु भनेको प्रदेश सभाले काल निम्त्याउनु वा समापन हुनु हो। यस बारेमा सत्तापक्ष र प्रतिपक्ष जिम्मेवार भएर लाग्नु पर्ने अवस्था छ।’

उनले अध्यादेश अस्वीकार प्रस्तावको दर्ता भएको सूचना छलफलमा नलगी फिर्ता लिएका छन्।

 यसरी अस्वीकारको सूचना दर्ता गर्नेहरू नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर, नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरू खिनु लङ्वा लिम्बु र कमल प्रसाद जबेगुले समेतले अध्यादेश अस्वीकार सम्बन्धी दर्ता भएको सूचना फिर्ता लिएका छन्।

प्रदेश सभा सचिवालयमा दर्ता भएको सूचना फिर्ता लिँदै मगरले संसदीय थलोलाई हिजो सानोमा गुच्चा लेखेको जस्तै भान भएको बताए।

‘कहिले हुन्छ भन्नुपर्ने कहिले हुन्न भन्नु पर्ने अवस्थामा हामी पुगेका छौँ, उनले भने, कहिले झगडा कहिले मिलेर जानु पर्ने थलो भनेको प्रदेश सभा नै हो।’ 

सबै मिलेर जानुको विकल्प नभएको बताएका उनले  दर्ता गरिएको सूचना परिस्थिति बदलिएको कारणले फिर्ता लिएको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .